मध्यविन्दुकी ८२ बर्षीया महिलाको संक्रमणबाट निधन
चोरमारा (नवलपुर) । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका १० निवासी ८२ बर्षीया महिलाको कोरोना संक्रमणको कारण निधन भएको छ ।
उनको आज विहान साढे २ बजे निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
बैशाख ३१ गते कोरोना पुष्टि भएका ति महिला होम आइसोलशेनमै रहेको थिए । उनको आज विहान होम आइसोलेशनमै निधन भएको चापागाईले बताए ।
उनको आजै स्वास्थ्य मापदण्ड पूरा गर्दै परिवारबाट नै दाहासस्कार गर्ने तयारी भई रहेको मध्यबिन्दु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।