मध्यविन्दु जिल्ला अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सहितको सिलिण्डर अभाव हुन थाले पछि आइतबार १५ थान अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको छ ।
नवलपुरमा स्थानीय स्तरबाट बनेको विपद व्यवस्थापन सहयोग समितिले १५ थान सिलिण्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको हो ।
अक्सिजन सिलीण्डर प्रदेश सांसद विष्णु लामीछानेद्वारा हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष गिरीलेसमिति मातहतमा अझै पनि करिब ३५ खाली अक्सिजन सिलिन्डर रहेको बताए ।
त्यसैगरी शिव गिरीको संयोजकत्वमा गठन भएको विपद व्यवस्थापन समितिले आपत्कालीन रुपमा कसैलाई रगत आवश्यक परे सोको व्यवस्थापन गर्न समेत करिब १ सय ५० जना रक्तदाता तयारी अवस्थामा राखेको छ ।

