पश्चिम नवलपरासीमा ७१ जना नयाँ संक्रमित थपिए
परासी । पश्चिम नवलपरासीमा आइतबार ७१ जना नयाँ संक्रमित थपिएका छन् ।
आइतबार प्रतापपुरमा २ जना, सुस्तामा २८ जना, रामग्राममा २ जना, सरावलमा ५ जना, पाल्ही नन्दनमा १ जना, बर्दघाटमा १६ जना र सुनवलमा १७ जना संक्रमित थपिएका हुन् ।
यो सहित पश्चिम नवलपरासीमा सक्रिय संक्रमितको संख्या १३११ पुगेको छ ।
त्यसैगरी पश्चिम नवलपरासीमा आइतबार १९ जना संक्रमित निको भएका छन् भने ३ जनाको निधन भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।