१२ वर्षीया वालिका वलात्कार गर्ने पक्राउ
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका ५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ ।
भिम बहादुरले ती बालिकालाई सोही ठाउँस्थित टहरामा जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनायो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।