प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ओपिडी बन्द
नवलपुर । नवलपुरको देवचुलीमा रहेको प्रस्तावित नगर अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ओपिड (बहिरंग सेवा) जेठ ४ गते देखि बन्द हुने भएको छ ।
कोरोना संक्रमितको उपचारका लागि आवश्यक व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र र देवचुली नगरपालिकाको विषयगत समितिको बैठकको निर्णय अनुसार बहिरंग सेवा जेठ ४ गतेदेखि अर्काे सूचना नहुदा सम्मका लागि बन्द गरिने स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख चित्रबहादुर सुनारले बताए ।
आकस्मिक र प्रसुती सेवा भने बन्द नहुने अस्पताल जनाएको छ ।
त्यसैगरी अहिलेसम्म अक्सिजन सहितका ५ शैया रहेको प्रस्तावित नगर अस्पतालमा भोलिदेखि अक्सिजन सहितको १५ शैयाको आइसोलशन सञ्चालनमा ल्याउने तयारी भईरहेको उनले बताए ।
https://www.youtube.com/watch?v=0Arvmwd41a8
