कावासोतीमा ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
कावासोती । नवलपुरको कावासोती नगरपालिका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कावासोती–११ का ४२ वर्षीय पुरुषको बुटवलको ग्रिनसिटी हस्पिटलमा गएराति १२ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका अनुसार वैशाख ३० गते संक्रमण पुष्टि भए पछि जेठ १ राती २ बजे गते मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लगिएको थियो ।
उनलाई थप उपचारको लागि जेठ २ गते बिहान बुटवलको ग्रिनसिटी हस्पिटल रिफर गरिएकोमा उनको उपचारको क्रममा ग्रिनसिटी हस्पिटलमा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
https://www.youtube.com/watch?v=0Arvmwd41a8
