परासी कारगारका कैदीबन्दीहरुलाइ स्वास्थ्य सामग्री




परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले जिल्ला कारगारका कैदीबन्दीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को बढ्दो संक्रमणबाट कैदीबन्दीहरुलाई पनि सुरक्षित राख्ने उद्देश्यले नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले मास्क र सेनिटाइजर लगायतका स्वास्थ सामग्री वितरण गरेका हुन् ।




नगर प्रमुख गुप्ताले ती स्वास्थ्य सामग्री कारागारका निमित्त प्रमुख ईश्वरी आचार्यलाई हस्तान्तरण गरेका थिए ।

https://www.youtube.com/watch?v=0Arvmwd41a8



सम्बन्धित
Loading...