नवलुरमा १० दिन थपियो निषेधाज्ञा




नवलपुर । पूर्वी नवलपरासीमा आज बसेको विपद व्यवस्थापन समितिको वैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा १४ गते राति १२ बजेसम्म लागु हुने छ ।




त्यसैगरी बैंकहरु आलो पालो गरेर खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

तरकारी तथा खाद्य सामग्री खरिद गर्ने बाहनामा घरबाट निस्कने मानिसहरुले संक्रमण फैलाएको भन्दै नवलपुरमा तरकारी तथा खाद्य सामग्री पसल पनि निश्चित समयका लागि मात्र खोल्ने निर्णय भएको छ ।

त्यसैगरी कोभिड १९ नियन्त्रणका लागि जनस्तरबाट भएको सहयोगहरु जिल्ला स्तरको विपद् व्यवस्थापन समिति मार्फत एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्नु पर्ने निर्णय भएको छ ।

https://www.youtube.com/watch?v=0Arvmwd41a8



सम्बन्धित
Loading...