नवलपुरमा आज १ सय ५ जना निको भए, १ सय २१ ज्ना नयाँ संक्रमित थपिए




नवलपुर । पूर्वी नवलपरासीमा सोमबार १ सय ५ जना संक्रमित निको भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार विभिन्न अस्पतालमा उपचाररत रहेका ११ जना र होम आइसोलशेनमा रहेका ९४ जना गरी १ सय ५ जना निको भएका हुन् ।




कोभिडको दोस्रो लहर शुरु भए यता नवलुरमा १ हजार ७ सय १२ जना संक्रमित भएकाहरु मध्ये सोमबारसम्म ६ सय जना निको भएका छन् ।

त्यसैगरी सोमबार १ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।

नवलपुरमा सोमबार गैडाकोटमा १८ जना, देवचुलीमा १२ जना, कावासोतीमा ४४ जना, मध्यविन्दुमा २० जना, विनयी त्रिवेणीमा २१ जना, हुप्सेकोटमा ४ जना, बुलिङ्गटारमा १ जना र बौदीकालीमा १ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसहित नवलपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ५० रहेको छ ।

त्यसैगरी सोमबार नवलपुरमा २ जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरमा पछिल्लो समय संक्रमण दर विस्तारै घट्न थालेको छ भने निको हुने दर विस्तारै बढ्न थालेको छ ।

https://www.youtube.com/watch?v=0Arvmwd41a8



सम्बन्धित
Loading...