नवलपुरमा भोज भतेर प्रतिबन्ध, विवाहमा १० जना भन्दा बढी सहभागी हुन नपाइने
नवलपुर । नवलपुरमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेसँगै जिल्लामा भोजभतेरमा प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरद्वारा जारी सूचनामा सार्वजनिक खेलकुद, नाँच, मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, भीडभाड हुने कार्य गर्न नपाइने, मन्दिर, गुम्वा, चैत्य, विहार, मस्जिद, चर्च, आदिमा सामुहिक भेला हुने खालका कार्यक्रम गर्न गराउन नपाइने, कुनै पनि प्रकारका सभा गोष्ठी, तालिम, सेमिनार, जुलुस, प्रदर्शन जस्ता कार्य गर्न गराउन नपाउने जनाएको छ ।
त्यसैगरी विवाह, व्रतबन्ध आदिमा १० जना भन्दा बढी भेला हुन नपाइने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरद्वारा जारी विज्ञप्तिमा जिल्लामा सबै प्रकारका भेला, सम्मेलन, धार्मिक, सांस्कृतिक, सामाजिक गतिविधि गर्न र भेला जमघट गर्न रोक लगाइएको छ ।
त्यसैगरी खेलकुद मनोरञ्जन स्थल, शारिरीक सुगठन गर्ने स्थल, स्वीमिङ्ग पुल, जिमखाना, फिटनेस सेन्टर, सामुहिक खेलकुद, पार्टी प्यालेस, सैलुन तथा व्युटिपार्लरहरु सञ्चालन गर्न नपाइने, विद्यालय कलेज, टिउसन सेन्टर तालिम केन्द्र लगायत संघसंस्थामा विद्यार्थी÷शिक्षक भौतिक रुपमा भेला भई, गराई शैक्षिक गतिविधि सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन सञ्चालन गर्न नपाइने, खाद्य, पानी तथा अत्यावश्यक सामग्री बोकेको ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा बढीमा दुई जना बोकेको एम्बुलेन्स, स्वास्थ्य तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी बाहेक अन्य सवारी साधन यस जिल्लामा प्रवेस गर्न रोक लगाइएको छ ।
https://www.youtube.com/watch?v=mSkrqGzargA&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=2
