नवलपुरमा कोरोनाबाट मृत्यु दर बढ्न थाल्यो, दुई दिनमा ७ जनाको निधन


नवलपुर । पूर्वी नवलपरासीमा कोरोनाबाट ज्यान गुमाउनको संख्या बढ्न थालेको छ ।



मंगलबार र बुधबार दुई दिनमा ७ जनाको निधन भएको छ ।

पछिल्लो दुई दिनमा कावासोतीमा ४ जना, गैडाकोटमा २ जना र विनयी त्रिवेणीमा १ जनाको निधन भएको छ ।




स्वास्थ्य कार्यालय नवलपुरका अनुसार कावासोतीमा कावासोती १६ निवासी ८२ बर्षीया महिला, कावासोती १३ की ४६ बर्षीया महिला, कावासोती २ निवासी ६८ बर्षीय पुरुषकावासोती ३ निवासी ६१ बर्षीय पुरुषको निधन भएको छ ।

त्यसैगरी गैडाकोट २ निवासी ७३ बर्षीय पुरुषको बुधबार विहान २ बजे क्यान्स अस्पताल भरतपुरमा निधन भएको छ । बैशाख ३१ गते कोरोना पुष्टि भएको उनमा निमोनिया र उच्च रक्त चापका साथै दीर्घ रोगको समस्या रहेको थियो ।

त्यसैगरी गैडाकोट १२ निवासी ५२ बर्षीया महिलाको बुधबार विहान ७ः२० मा नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममाा निधन भएको छ ।
बैशाख २४ गते कोरोना पोजिटभ देखिएका उनमा निमोनिया, उच्च रक्त चाप र चिनी रोग जस्ता समस्या रहेको थियो ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका २ निवासी ४७ बर्षीया महिलाको पनि गएराति उपचारको क्रममा निधन भएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

बैशाख ३० गते कोरोना पोजेटिभ देखिएको उनका निमोनिया समेत देखिएको थियो ।

कोरोनाको दोस्रो लहर शुरु भए यता कावासोतीमा मात्रै १२ जनाको निधन भएको छ भने नवलपुर जिल्लामा ३० जनाको निधन भएको छ ।

नवलपुरमा दोस्रो लहर शुरु भए यता कावासोतीमा मात्रै ४ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको छ भने अहिले कावासोतीमा २ सय ५९ जना संक्रमित रहेका छन् ।

त्यसैगरी जिल्लामा १८१९ जना संक्रमित देखिएका छन् भने जिल्लामा अहिले १ हजार ९७ जना सक्रिय संक्रमित रहेका छन् ।

https://www.youtube.com/watch?v=fkKdhCYhVyE&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1



सम्बन्धित
Loading...