नवलपरासीको पाल्हिनन्दनमा आगलागी हुँदा लाखौंको क्षति




नवलपरासी, ०५ जेष्ठ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं २ अमानिगन्ज पर्ने गोठमा आगलागी हुदा लाखौँको क्षति भएको छ ।

स्थानीय नायक गुप्ताको गोठमा गए राति विद्युतको तार सट भएर आगलागी भएको बताईएको छ ।




आगलागीबाट गोठमा रहेका तीन वटा गाई मध्ये दुईवटा मरेका छन भने एउटा गम्भीर घाइते भएको छ ।
गोठमा राखिएका पम्पसेट मेसिन, चारा मेसिन, पानी तान्ने डिलेबरी पाइप, भुस, दाउरा समेत जलेर तीन लाख बढीको क्षति भएको गुप्ताले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=fkKdhCYhVyE&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1

 

https://www.youtube.com/watch?v=fkKdhCYhVyE&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1

 



सम्बन्धित
Loading...