चियाबारीमा ७ वर्षीया वालिका बलात्कार
सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोङ गाउँपालिका १ जुरे बस्ने ३० वर्षीय तिलक बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित ढुङगाना टी स्टेट चियाबारीमा लगि सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आईतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।