पृथ्वी चन्द्र अस्पताललाई एचडियु सेवा सञ्चालनका लागि सरकारले दियो डेढ करोड


परासी । पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा कोरोना संक्रमितलाई अक्सिजन सहित उपचार गर्नका लागि एचडियु सेवा सञ्चालनका लागि नेपाल सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।



अर्थमन्त्रालयले पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालका लागि एचडियु सेवा सञ्चालनका लागि उक्त रकम विनियोजन गरेको हो ।
यस अघि लुम्बिनी प्रदेश सरकारले १५ लाख र रामग्राम नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको थियो ।

https://www.youtube.com/watch?v=fkKdhCYhVyE



सम्बन्धित
Loading...