अमलटारी होमस्टेलाई राष्ट्रिय पुरस्कार
नवलपुर । नवलपुरासी पूर्व कावासोती नगरपालिकास्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।
२०७० साल जेष्ठ ५ गते नवलपुरको कावासोती १५ नम्वर वडामा समुदाय स्तरबाट संचालन गरीएको अमलटारी होमस्टेले आफ्नो वार्षिकउत्सवको दिन दोस्रो पटक राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएको हो ।
प्रकृति र सस्कृति संरक्षण तथा जैविक विविधता संरक्षण मार्फत दिगो जीविकोपार्जन को क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र अन्तर्ग रहेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले डब्लू डब्लू एफ नेपाल संरक्षण अवार्ड २०२१ प्राप्त गर्न सफल भएको हो ।
अमलटारी होमस्टेले यस अगी देशभरकै घरवास ९होमस्टे० मध्ये यस उत्कृष्ट हुदै लाख १ हजार नगद र सम्मानपत्र सहित वर्ष २०७२ को उत्कृष्ट होमस्टे घोषणा समेत भएको थियो ।
डब्लु डब्लु एफको स्थापना दिवसको अवसरमा प्रकृति र सस्कृति संरक्षण तथा जैविक विविधता संरक्षण क्षेत्रमा काम गर्दै आएको छ ।
अमलटारी मध्यवर्ती सामुदायिक होमस्टले प्रकृति र संस्कृति संरक्षण र जैविक विविधता संरक्षणमा उत्कृष्ट कार्य गरे बापता आज अमलटारी होम स्टेलाई नेपालकै उत्कृष्ट धोषण गर्दै पुरस्कृत गरेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनियाले जानकारी दिए ।
