जन्मकैदको सजाय पाएका व्यक्ति १९ वर्षपछि रुपन्देहीबाट पक्राउ


बुटवल– रुपन्देही प्रहरीले अदालतबाट सर्वस्वसहित जन्म कैदको सजाय पाएका एक ब्यक्तिलाई १९ वर्ष पछि पक्राउ गरेको छ ।



पुनरावेदन अदालत बुटवलले २०५९ माघ १५ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भई फरार रहेका प्रतिवादी रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं। ३ रुद्धपुरका यमबहादुर क्षेत्री १९ वर्षपछि पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमै फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमिक्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिए ।




भारतमा लुकिछिपि बस्दै आएको र अहिले नेपाल आएको प्रहरीलाई सुचना मिलेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका क्षेत्रीलाई जिल्ला अदालतमा कैद भुक्तानीको लागि बुझाई कारागार चलान गरेको प्रहरीले बताएको छ ।



सम्बन्धित
Loading...