पूर्वी नवलपरासीमा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी
पूर्वी नवलपरासी जिल्लामा आज थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । आज जिल्लाको गैडाकोट नगरपालिकामा ५७ जना, विनयी त्रिवेणी गाउँपालिकामा १५ जना तथा देवचुली र कावासोती नगरपालिकामा १/१ जनामा संक्रमण पुष्टी भएको छ ।
आजै जिल्लाको विभिन्न ठाउँका होम आइसोलेशनमा रहेका ८९ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कोरोना संक्रमणबाट नवलपुरमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रौ लहरपछि बैशाख १ गतेपछि मात्रै ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालकाअनुसार, आज थपिएका संक्रमितसँगै जिल्लामा सक्रि संक्रमितको संख्या १ हजार ४५ रहेको छ ।