नारायणीमा प्रतिबन्धित जाल प्रयोग गरी माछा मार्ने २४ पक्राउ
भरतपुर । नारायणी नदिमा प्रतिबन्धित तियारी जाल प्रयोग गरी माछा मार्ने २४ जनालाई चितवन राष्ट्रिय निकुञ्जले गएराति पक्राउ गरेको छ ।
गैरकानुनी रुपमा रातको समयमा माछा मार्दै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२६ भगेडीबाट दुई वटा स्कुटर र एउटा बलेरो सहित उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।
उनीहरुलाई सोमबार बिहान ३ बजे पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनीहरुबाट साथबाट दुई क्विन्टल माछा र ४४ थान तियारी जाल पनि बरामद गरिएको उनले बताए ।
पक्राउ परेका व्यक्तिहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने उनले जानकारी दिए ।

