सूचिकृत नभएका धानको बीउ नष्ट
कावासोती । नवलपुरका बिभिन्न एग्रोभेटबाट नियन्त्रणमा लिइएका सूचिकृत नभएका धानको बीउ नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरको नेतृत्वमा अनुगमन टोलीले बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको सूचिकृत नभएका धानको बीउ नष्ट गरेको हो ।
जिल्लाको गैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनय त्रिवेणी भित्रका एग्रोभेटबाट नियन्त्रणमा लिइएका बिभिन्न जातका ७ सय २२ केजी धानको बीउ नष्ट गरिएको हो । बीउलाई खाल्डोमा पुरेर नष्ट गरिएको छ ।
गत बर्षहरुमा सुचिकृत बीउ प्रयोग नगर्दा किसानले क्षती बेहोर्नुपरेकाले यस्तो क्षती रोक्न अनुगमन गरि सुचिकृत नभएका बीउ नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला हो । गत वर्षहरुमा बिभिन्न जातका धानमा बाल नलाग्ने समस्या देखीएको थियो । यसले गर्दा किसानले क्षती बेहोर्नु परेको थियो ।
यसैलाई मध्यनजर गरि प्रशासनले अहिले पूर्व सर्तकता अपनाउ अनुगमन र सूचिकृत नभएका धानका बीउ जफत गरि नष्ट गरेको हो । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा लगाएतको टोलीको सहभागितामा धानको बीउ नष्ट गरिएको छ ।
