विनयी त्रिवेणीका एक जना संक्रमितको निधन
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ निवासी ६५ बर्षीया महिलाको कोरोना संक्रमणको कारण निधन भएको छ ।
जेठ ६ गते श्वास प्रश्वासमा समस्या आए पछि नेशनल प्याथोलोजी रुपन्देहीमा पिसिआर परीक्षणको क्रममा जेठ ७ गते पोजेटिभ देखिएको ति महिलाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको हो ।
सोमबार उपचारका लागि भरतपुर लगिएको उक्त महिलाको सोमबार साँझ उपचारको क्रममा निधन भएको हो ।
https://youtu.be/cp1x3kp3v3k