कीर्तिपुरमा एक पुरूषको हत्या, पाँच पक्राउ


Crime scene at night, murder place in dark room fenced with police tape, chalk line silhouette of dead body on floor, evidence knife blood spots, broken window in apartment Cartoon vector illustration


काठमाडौंको कीर्तिपुरमा एक पुरूषको हत्या भएको छ।

गत शनिबार राति ११ बजे कीर्तिपुर नगरपालिका वडा नम्बर ५ स्थित एक गलैंचा फ्याक्ट्रीमा काम गर्ने एक पुरूषको हत्या भएको हो।




हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक रुकेश तन्डुकारले जानकारी दिए।

मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका वडा नम्बर १ घर भई सोही गोदाममा बस्ने मानबहादुर घिसिङ (तामाङ) छन्।

मापसे गरेर पछि घिसिङमाथि कुटपिट गरी हत्या गरिएको डिएसपी तन्डुकारले बताए।

उनको टाउकोमा चिरपटले हिर्काएपछि उनी गम्भीर घाइते भएका थिए। घाइते भएपछि उनको उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको तर अस्पतालले मृत घोषणा गरेको थियो।

पक्राउ पर्नेमा सोही ठाउँका भगत बल, क्षेत्र बल, भगतबहादुर बल, विरू गोले र विशाल मोक्तान छन्। उनीहरूलाई सोही रात पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो।

‘उनीहरूले सँगै मापसे गरेपछि विवाद भएर हत्या गरे,’ डिएसपी तन्डुकारले भने।

मृतकको शव पोष्टमार्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ।

https://www.youtube.com/watch?v=cp1x3kp3v3k



सम्बन्धित
Loading...