नवलपुरमा भारतीय ट्रकको ठक्करबाट पैदाल यात्रुको ज्यान गयो
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा बुधबार भारतीय ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएकधो छ ।
बुधबार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुल मर्मतको लागि ढुंगा लोड गरी ल्याउँदै गरेको यु पी ६० एटी २७७७ नम्बरको ट्रकको ठक्करबाट त्रिवेणीमा विनयी त्रिवेणी ७ निवासी ३५ बर्षीय दशरथ गुप्ताको निधन भएको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते गुप्ताको बुधबार दिउँसो साढे १ बजेतिर उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको हो ।
ट्रक र चालक इलाका प्रहरी कार्यालय त्रिवेणीको नियन्त्रणमा रहेको प्रहरी नायव निरीक्षक ढाकाराम लामिछानेले बताए ।
