परासीका उद्योगपति तथा समाजसेवी सुवाष अग्रवालको मृत्यु




परासी । परासीका उद्योगति तथा समाजसेवी सुवाष अग्रवालको मृत्यु भएको छ । रामग्राम नगरपालिका ५ निवासी ५५ वर्षीय अग्रवालको काठमाडौंमा उपचारको क्रममा मृत्यृ भएको हो । कोराना संक्रमण पुष्टि भएपछि एक हप्ता देखि काडमाडौंमा उपचारका गराई रहनुभएका उहाँको बुधबार मृत्यु भएको हो ।

तर अहिले पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अन्त्येष्टिका लागि परासी ल्याईदै गरेको पारिवारीक स्रोतले जानकारी दिएको छ ।




उद्योग वाणिज्य संघ नवलपरासीका पूर्व उपाध्यक्ष, नेपाल परिवार नियोजन संघ पश्चिम नवलपरासीका सभापति, हरि सुशिल प्रा।वि। रामग्रम–३ का संस्थापक, अरुणा डिष्टिलरी, हरि राईस मिल, हरि सटहीका संञ्चालक अग्रवाल बिभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल थिए ।



सम्बन्धित
Loading...