कावासोतीमा रक्तदान




रामकुमार श्रेष्ठ –
कावासोती । विहीबार पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा रक्तदान गरिएको छ ।

विपद् व्यवस्थापन सहयोगी समिति नवलपुरको आयोजनामा रक्तदान गरिएको हो ।
रक्तदान कार्यक्रममा करिब ५० जनाले रक्तदान गरेको समितिका अध्यक्ष शिव गिरीले बताए ।
कोरोनाको महामारीमा रक्त अभावका कारण अन्य विरामीले अकालमै ज्यान नगुमाउन भन्ने उद्देश्यले रक्तदान गरिएको थियो ।
समितिले अक्सिजन सिलिण्डर संकलन गरी रिफिल गरेर अस्पताललाई बुझाउने, रक्तदान गर्ने, स्वास्थ्य सामग्री संकलन गरेर सहयोग गर्ने लगायतका काम गर्दै आइरहेको छ ।

 



सम्बन्धित
Loading...