विपन्न परिवारलाई खाद्यान्न वितरण


 



कावासोती । आपतकालीन सहयोगी युवा सञ्जाल कावासोती १३ ले विपन्न परिवारलाई बुधबार खाद्यान्न वितरण गरेको छ ।

१३ नम्बर वडाका विभिन्न टोलहरुमा रहेका ३३ घर विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको अभियानका जनक माकिम मगरले जानकारी दिए । अभियानका सदस्यहरु मिली विपन्न परिवारको घरघरै पुगेर खाद्यान्न वितरण गरिएको उनले बताए । कोभिड – १९




उनीहरुले यस अघि पनि विभिन्न टोलहरुमा खाद्यान्न वितरण गरिएको थियो । प्रति परिवार २० कीलो चामल, २ किलो दाल, २ किलो आलु, १ किलो नुन, १ लिटर तेल, साबुन २ पिस, मास्क, स्यानीटाइजर र ग्लोब्स वितरण गरिएको मगरले बताए ।



सम्बन्धित
Loading...