बाँकेमा बाबुले गरे छोराको हत्या
बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८÷१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
छोरामाथि हतियार प्रहार गर्ने बाबु ठाकुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए ।