पृथ्वी चन्द्र अस्पताललाई थप ३ करोड ४० लाख बजेट


आईसियु, भेन्टीलेटर जडान र थप उपकरण खरिदका लागी पृथ्वी चन्द्र अस्पताललाई संघिय सरकारले थप ३ करोड ४० लाख रुपैयाँ बजेट निकासा गरेको छ । अर्थमन्त्रालयले आज आईसियु र भेन्टिलेटरका लागी ३ करोड रुपैयाँको स्वीकृति प्रदान गरेको हो । देशैभरका ४१ ओटा अस्पतालाई स्वास्थ्य मन्त्रालयले माग गरे अनुरुप अर्थमन्त्रालयले १ अर्ब ४१ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको हो । लुम्बिनी प्रदेशका पाल्पा अस्पताल, रोल्पा अस्पताल र मुसिकोट अस्पतालाई पनि तिन तिन करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ । यस्तै तुल्सीपुर अस्पतालाई ९ करोड, लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालाई १ करोड २० लाख रुपैयाँ निकासा गरिएको छ ।



यसैबिच पृथ्वी चन्द्र अस्पताल परासीलाई एक्सरे मेसिन र अन्य आवश्यक उपकरण खरिद गर्न थप ४० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्री हृदयस त्रिपाठीले गरिएको आग्रह अनुसार रकम प्राप्त भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो । सो रकम अस्पतालमा ५ सय एमए को एक्सरे र फुल्ली अटोमेटेड बायोमेट्रिक एनालाईजर खरिद गर्न खर्च गरिने छ ।

अस्पतालाई केहि दिन अगाडी मात्रै संघिय सरकारले १ करोड ५० लाख रुपैयाँ अक्सिजन प्लान्ट जडान गर्न र एक करोड ९ लाख ७५ हजार रुपैयाँ एचडियु सेवा विस्तारका लागी उपलब्ध गराएको थियो । छोटो समयमै कोरोना महमारी विरुद्ध लडन् अस्पतालाई झन्डै ६ करोड रुपैयाँ संघिय सरकारले निकासा गरेको छ । स्वास्थ्य पुर्वाधार मजबुत बनाउन बजेट सुनिश्चितताका लागी आग्रह गरे अनुरुप बजेट उपलब्ध भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



सम्बन्धित
Loading...