सम्भावित बाढीको खतराबाट सतर्क रहन हुप्सेकोट गाउँपालिकाको अपिल
नवलपुर । जेठ १३ देखि जेठ १५ सम्म पर्ने सक्ने चक्रवतको प्रभावका कारण आउन सक्ने बाढीबाट सतर्क रहन हुप्सेकोट गाउँपालिकाले अपिल गरेको छ ।
आज गाउँपालिकाले सूचना जारी गरी नदी तथा खोला किनारमा घर रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।
त्यसैगरी बाटो तथा खोला नालामा अलपत्र अवस्थामा फालिएर राखिएको अवस्थामा रहेको रड, जस्ता पाता, ढुंगा लगायतका वस्तु हटाउन पनि पालिकाले अपिल गरेको छ ।
