कृष्ण सेनको स्मृतिमा अन्तरक्रिया




माओवादी सम्बद्ध पत्रकार तथा कलाकारहरुले पत्रकार कृष्ण सेन इच्छुकको १९ औं स्मृति दिवस मनाएका छन् ।

इच्छुकको स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार महासंघ र अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा आज भएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा सेनकी जीवनसंगिनी तक्मा केसीले सेनको ‘बन्दी र चन्द्रागिरी’ कविताको स्मरण गरिन् । उनले हिजो क्रान्तिमा समाहित भएका नेताहरुले नै सेनको बलिदानी विर्सिएको गुनासो गरिन् ।




इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य ताराकान्त पाण्डेले कृष्ण सेन कवि मात्र नभई लडाकुसमेत भएको उल्लेख गरे । सेनको कवितामा परिवर्तनका श्वरहरु गुञ्जिने गरेको पाण्डेले बताए ।

जनसांस्कृतिक महासंघका उपाध्यक्ष प्रा.डा. जगदिशचन्द्र्र भण्डारीले सेनलाई कम्युनिस्ट सांस्कृतिक आन्दोलनको महानायकका रुपमा अथ्र्याए ।

माक्र्सवादी सांकृतिक मोर्चाका संयोजक महेश्वर पौडेल इश्मालीले कृष्ण सेन इच्छुकका माक्र्सवादी चिन्तनकाबारेमा ब्याख्या गरे ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले सेनको दाङदेखि शुरु गरेको पत्रकारिताको इतिहासको चर्चा गरे ।

कार्यक्रममा प्राध्यापक परशुराम कोइराला, अम्बिका मुडभरी, सुशीला आचार्य, मधुकर थापा, अनु निरौला, रवि पाण्डेय लगायत एक दर्जन बढी श्रष्टाहरुले प्रगतिवादी सिर्जना प्रस्तुत गरेका थिए ।

जनसांस्कृतिक महासंघका महासचिव हिरामणी दुखीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष नारायण पंगेनीले गरेका थिए ।

वि.सं. २०१३ सालमा भारतको देहरादुनमा जन्मिएका सेनलाई २०६९ जेठ ६ गते काठमाडौंबाट गिरफ्तार गरी महेन्द्र पुलिस क्लवको हिरासतभित्रै मृत्यु भएको थियो । जेठ १३ गतेलाई सेन स्मृति दिवसका रुपमा मनाउने गरिएको छ ।

आजै क्रान्तिकारी पत्रकार महासंघले विज्ञप्ति जारी गरी कृष्णसेन इच्छुकका हत्यारालाई कारबाही गर्न र वेपत्ता पत्रकारहरुको स्थिति सार्वजनिक गर्न माग गरेको छ ।



सम्बन्धित
Loading...