शिक्षाले नै मुलुक समृद्ध हुन्छः मन्त्री पुन




नवलपुर जेठ १३ ।
गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले शिक्षाले नै देशलाई समृद्ध बताउने बताएका छन् । उनले शिक्षाको विकास विना देशको विकास हुन नसक्ने बताए ।

सामुदायिक विद्यालयको संस्था ईम्बक्स नवलपुरले आयोजना गरेको आईसिटि अनलाईन कार्यशालाका समापन कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।
मन्त्री पुनले विकासको पूर्वाधार नै शिक्षा भएकोले विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सके मात्र देशको विकासमा टेवा पुग्ने बताए । उनले अबको शिक्षा प्रबिधी मैत्री हुनु पर्नेमा जोड दिए ।
उनले नवलपुरका विद्यालयहरु प्रविधि मैत्री बन्दै गएको भन्दै प्रशंसा गरेका थिए ।




अनलाईन कार्यसाला कार्यक्रमको इमबक्स नवलपुरका अध्यक्ष शिव प्रसाद देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममासामाजिक बिकास मन्त्रालयका उपसचिव तोयानाथ लम्साल, जिल्ला समन्य शिक्षा ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, नेपाल शिक्षक महासंघका अध्यक्ष चन्द्रदेब तिवारी, नेपाल शिक्षक संगठनका पुर्ब अध्यक्ष नरदेव न्यौपाने, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, ईम्बक्स नवलपुरका सचिब रेसम कोईराला लगायतका वक्त्ताहरुले आईसिटीको अनलाईन तालिमले शिक्षकलाई प्रविधि तिर लाग्न प्रेरणा मिलेको बताएका थिए ।
१० दिन सम्म चलेको अनलाईन तालिममा करिब ५ सय शिक्षक तालिम योग्य रहेका ईम्बक्सका अध्यक्ष शिव प्रसाद देबकोटाले बताए ।



सम्बन्धित
Loading...