कोरोना संक्रमितको घर घरमा स्वास्थ्य सामग्री वितरण गर्दै दिव्यपुरीका युवा 




नवलपुर । एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समिति, देवचुलीले आज कोरोना संक्रमितलाई उनीहरुकै घरमा गई स्वास्थ्य सामग्री तथा फलफुल वितरण गरेको छ ।

देवचुली नगरपालिका वडा १ –५  वडाका विभिन्न टोलहरुमा रहेका २३  घर वपरिवारलाई  वितरण गरिएको  समितिका प्रवक्ता प्रदिप काफ्लेले जानकारी दिए ।




समितिका सदस्यहरु, वडा अध्यक्ष, वडा सदस्य, नेपाल प्रहरी तथा स्वास्थ्य कार्यालयका प्रतिनिधिहरु सहित संक्रमितको परिवारको घरघरै पुगेर स्वास्थ्य सामग्री र फलफूल वितरण गरिएको हो ।

कोभिड – १९ माहामारीका कारण भिडभाड गर्दा जोखिम हुने भएकाले घरघरै पु¥याईएको उनले जानकारी दिए ।

कोभिड – १९ का कारण होम आईशोलेसनमा रहेका परिवार र उनीहरुका सदस्यहरुको मनोवल उच्च वनाउन यस्तो गरिएको अभियानका अध्यक्ष कृष्ण वाग्लेले बताए ।



सम्बन्धित
Loading...