देवचुलीका एकै घरका ८ जनामा कोरोना




कृशला सापकोटा –
देवचुली । पूर्वी नवलपरासीको देवचुली ९ मा एकै घरका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

परिवारको संख्या धेरै र सानो घर भएकोले भएकोले उक्त घरमा एकै परिवारका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।




नगरपालिकाले होम आइसोलेशनमा बस्न नसक्ने अवस्था भएकालाई छुट्टै आइसोलेशन नगराएका कारण यस्तो समस्या आएको स्थानीयले बताएका छन् ।

उक्त घरमा यस अघि नै २ जनामा कोरोना देखिसकिएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाले गत १० गते गरेको स्वाव संकलनको क्रममा एकै घरको थप ६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ८ पुगेको नगरपालिकाका सिनियर अहेव शिव पराजुलीले बताए ।

पराजुलीका अनुसार यस अघी उक्त घरका २ जना कोरोना संक्रमित भएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिंगमा थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिले संक्रमित हुने हरुमा २ पुरुष र ४ महिला रहेका छन् भने उनीहरुको उमेर १२ वर्ष देखि ४२ बर्ष सम्मको रहेको छ । संक्रमित हुने दुवै जना पुरुषको उमेर १६ रहेको छ भने संक्रमित महिलाहरुको उमेर क्रमश १२ , २० , २४ र ४२ रहेको छ ।

यो घटनासँगै कोरोना नियन्त्रणका लागि होम आइसोलशनमा बस्न सम्भव नभएका घरमा कोरोना देखिएकाहरुलाई राख्न छुट्टै आइसोलशनको आवश्यक रहेको देखिएको छ ।



सम्बन्धित
Loading...