काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ
काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा काठमाडौँ उपत्यकामा आजबाट थप कडाइ गरिने भएको छ ।
पहिलो पटक थप गरिएको निषेधाज्ञा गएराति सकिएसँगै आजबाट दोस्रो पटक थप गरिएको निषेधाज्ञा लागू गरिएको हो । यो पटकको निषेधाज्ञा यसअघिको भन्दा थप कडाइ गरिएको छ ।
प्रहरीले विहानैबाट अनावश्यक घरबाहिर ननिस्किन, स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्दै माइकिङ गरिरहेको छ । प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ । निषेधाज्ञा उल्लंघन गरे कारबाही हुने भन्दै जानकारी गराइरहेको छ । मोर्निङ वाकमा समेत ननिस्किन आग्रह गरिरहेको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस पटकको निषेधाज्ञा थप कडा बनाइएको जानकारी दिए । नयाँ आदेश अनुसार किराना पसल र डिपार्टमेन्ट स्टोर पनि पूरै बन्द गरिने उनले बताए ।