पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री
हरि शर्मा –
परासी, १४ जेठ ः नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । प्रदान गरिएका स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क, हेण्ड स्यानिटाईजर, पीपीई, फेस शिल्डलगायत २० हजार २ सय बराबरका रहेका छन् ।
युनाइटेड मिशन टु नेपालले इन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाटलाई उपलब्ध गराएको उक्त सामाग्री मञ्चका समन्वय तथा सम्पर्क समितका संयोजक एंव संविधानसभा सदस्य विक्रम खनालले महासंघलाई प्रदान गरेका हुन् । महासंघलाई उपलब्ध भएको स्वास्थ्य सामाग्री कोरोना संक्रमित भएका पत्रकारहरुलाई उपलब्ध गराईने महासंघका सचिव राजकुमार रेश्मीले जानकारी दिए ।
त्यसैगरी संस्थाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पृथ्वीचन्द्र अस्पताल, स्वास्थ्य कार्यालय, प्रतापपुर गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, चिसापानी अस्पताल, सुनवल नगरपालिकालाई गरी कुल २६ लाख ७९ हजार बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको युनाई टेड मिशनकी नवलपरासी कोर्डिनेटर सबु तामाङले जानकारी दिईन ।
