नवलपुरमा १३५ जना निको भए, ११० जना नयाँ संक्रमित थपिए




कृशला सापकोटा –
नवलपुर । पूर्वी नवलपरासीमा शुक्रबार १ सय ३५ जना संक्रमित निको भएका छन् ।

यो सहित नवलपुरमा दोस्रो लहर शुरु भए यता कोरोना संक्रमित भएका १ हजार ७ सय ५ जना निको भएका छन् ।




शुक्रबार गैडाकोटको ३२ जना, देवचुलीको १५ जना, कावासोतीको ५८ जना, मध्यविन्दुको १३ जना, विनयी त्रिवेणीको ९ जना, हुप्सेकोटको ७ जना र जिल्ला बाहिरका १ जना गरी १ सय ३५ जना निको भएका हुन् ।

त्यसैगरी शुक्रबार नवलपुरमा १ सय १० जना नयाँ संक्रमित भेटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोटमा ४३ जना, देवचुलीमा ८ जना, कावासोतीमा २१ जना, मध्यविन्दुमा ७ जना, विनयी त्रिवेणीमा १३ जना, हुप्सकोटमा १४ जना, बुलिङटारमा २ जना र अन्य क्षेत्रका २ जना गरी १ सय १० जना नयाँ संक्रमित फेला परेका हुन् ।

नवलपुरमा कोरोनाको दोस्रो लहर शुरु भए यता २ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भएकोमा अहिले १ हजार ८० जना सक्रिय संक्रमित रहेका छन् ।

नवलपुरमा पछिल्लो २४ घण्टामा १ जना र ढिलो गरी सूचना प्राप्त भएका ३ जना गरी थप ४ जना संक्रमितको ज्यान गएको पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरमा कोरोनाको दोस्रो लहर शुरु भए यता ४२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण ७४ जनाले ज्यान गुमाएका छन् ।

 



सम्बन्धित
Loading...