पश्चिम नवलपरासीमा ७ दिनका लागि निषेधाज्ञा थप, घरबाहिर निस्कन समेत प्रतिबन्ध
परासी । पश्चिम नवलपरासीमा थप सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गरी जेठ १५ गते सकिने निषेधाज्ञालाई जेठ २२ गते राति १२ बजेसम्मका लागि थप गरिएको जनाइएको छ ।
प्रशासनले सूचना जारी गरेर घर बाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको र अत्यावश्यक काम बाहेक अन्य कामले बाहिर ननिस्कन आग्रह गरिएको छ ।
पश्चिम नवलपरासीमा कोरोनाका संक्रिय संक्रमितको संङ्ख्या एक हजार ३ सय ९६ जना रहेका छन् ।

