दर्शन: साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शनका सन्दर्भमा

102












– हस्तबहादुर केसी –


“दर्शन आफ्नो समयको बौद्धिक सारतत्व, संस्कृतिको जीवित आत्मा हो ।”
– कार्ल माक्र्स , कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स , संकलित रचना संग्रह , खण्ड १, पृष्ठ १०५ ।

दर्शनको मुख्य विशेषता समयसापेक्ष र वर्गपक्ष्यधरता हो । त्यसो भएर नै सर्वहारावर्गका महान् नेता तथा माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले दर्शनशास्त्रलाई आफ्नो समयको “बौद्धिक सारतत्व”, “संस्कृतिको जीवित आत्मा” भन्नुभएको थियोे ।

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शन मूलतः संशोधनवादी दर्शन र त्यसका विविध धाराहरुको विकास भएको दर्शन हो । यो आलेख यसै विषयमा केन्द्रीकृत भएर लेख्ने प्रयत्न गरिनेछ । त्यस भन्दा पहिले दर्शन युगसापेक्ष भएकोले यहाँ थोरै दासयुगकालिन , सामन्तवादीकालिन र पुँजीवादीकालिन दर्शनका बारेमा चर्चा गर्ने प्रयत्न गरिनेछ ।

दर्शनको जन्म उत्पादनको निम्ति संघर्ष , वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट भएको हो थियो । दासमालिक समाजको विकासप्रक्रियाका बीचबाट अर्थात् आदिम साम्यवादी युगको अन्त्य र दास युगको जन्म पश्चात् दर्शनको पनि जन्म भएको हो । किनकि दास युगिन समाज पहिलो वर्गीय समाज थियोे । यसरी मानव समाजमा वर्गको जन्मसंगै दर्शनको पनि जन्म भएको हो । प्राचीन युनान , भारत , नेपाल र चीनमा दर्शन विकसित हुँदै आएको पाइन्छ ।

मानव समाजको ऐतिहासिक विकासको क्रम अन्तर्गत दास मालिक समाज ( दास युगिन समाज ) , सामन्तवादी युग , पुँजीवादी युग हुदै आज साम्राज्यवाद र सर्वहारा क्रान्तिकोसम्म विकास भइसकेको छ । दर्शन युगसापेक्ष्य हुनेभएकोले प्रत्येक विकासक्रमसंगै दर्शनको पनि विकास हुदै आएको छ ।

दासमालिक समाज ( प्रारम्भिक कालमा दर्शन )

दसमालिक समाज ( दासयुगिन समाज ) को दर्शन सबैभन्दा पहिलेको दर्शन हो । यसै युगमा दर्शनको जन्म भएको हो। तत्कालीन समाज विकासको प्रक्रियामा दर्शन सबै देशहरूमा एक समान ढंगले अगाडि बढेको पाइदैन । खास गरि प्रारम्भिक युगको दर्शनलाई प्राचीन दर्शन भनिन्छ । प्राचीन दर्शन प्राचीन युनान तथा रोम , नेपाल तथा भारत र चीनमा विकसित भएको पाइन्छ ।

प्राचीन युनानी दर्शनमा मूलतः संवत ः स्फूर्त भौतिकवाद र द्वन्द्ववादको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । त्यस समयका दार्शनिकहरुमा हेरेक्लाइटस र डेमोक्राइटस प्रमुख रहेका थिए । द्वन्द्ववादको विकासमा युनानी दार्शनिक अरस्तुको महत्वपूर्ण भूमिका रहेको थियोे ।

त्यस युगमा युनान तथा रोमन दर्शन , नेपाली दर्शन ,भारतीय दर्शन र चीनको दर्शन रहेका छन् । यो छोटो आलेखमा यी सबै दर्शनका विषयमा विस्तृत रुपमा व्याख्या गर्न सम्भव छैन । पछि अनेत्रै व्याख्या गरिनेछ ।

सामन्तवादी युगको दर्शन

सामन्तवादी युगको दर्शनलाई मध्ययुगको दर्शन भनिन्छ । त्यस दर्शनको प्रारम्भ पश्चिममा रोमन साम्राज्यको पतन र भारती उपमहाद्वीपमा गुप्त साम्राज्यको थालनी देखि भएको पाइन्छ । त्यस युगको दर्शनलाई धर्म दर्शन पनि भनिन्छ ।

त्यस युगको दर्शनलाई युरोपको दर्शन , अरबी दर्शन , भारतीय दर्शन नेपाली दर्शन र चीनमा बौद्ध – कन्फ्युसियस– ताओवादी दर्शन गरी विभक्त गरिएको थियो ।

पुँजीवादी युगमा दर्शन

पुँजीवादी युगमा मानव समाजको विकास हुनेक्रममा नयाँ उत्पादक शक्तिको सशक्त रुपमा विकास भएको थियो । सामन्तवादका विरुद्ध जनसमुदायको तीब्र ओक्रोस बढ्नु , ज्ञान – विज्ञानका क्षेत्रमा हुनु , कोपरनिकस ( सन १४७४ – १५४३ ) द्वारा सूर्यलाई पृथ्वीको केन्द्र मान्दै पृथ्वीलाई गोल कताउँदै त्यसले सूर्यलाई केन्द्र मानेर घुम्छ भन्ने परिकल्पना प्रस्तुत हुनु र त्यसलाई ग्यालिलियो ( १५६४ – १६४२ ) द्वारा पुष्टि गरिनु , बारुदको खोज , छापाका मेसिनको ज्ञान तथा कम्पासको आविष्कार हुनु कोलम्बसद्वारा सन १४९२ मा अमेरिका तथा वास्को द गामाद्वारा १४९८ मा भारतीय मार्गको खोज गरिनु , सामन्तवादका विरुद्ध युरोपका विभिन्न देशहरूमा विविध प्रकारका साँस्कृतिक आन्दोलन सम्पन्न हुनु , यसै प्रक्रियामा कैयौं दार्शनिकहरुद्वारा धर्ममाथि प्रहार गर्ने र तार्किक चिन्तनमाथि जोड दिने काम सम्पन्न हुदै गए । यी सबै कुराबाट भौतिकवादी दर्शनको विकासका लागि आवश्यक पूर्वाधार तयार हुदै गएको थियोे ।

पुँजीवादी समाजमा विकास भएको भएको दर्शनला मूलतः दुई भागमा विकसित भएको पाइन्छ । जस्तो (१) पुँजीवादी दर्शन र (२) सर्वहारावादी दर्शन । सर्वहारावादी दर्शन भनेको माक्र्सवादी दर्शन हो । माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो। र साथै माक्र्सवादी दर्शन विश्व सर्वहारावर्गको मुक्तिको सैध्दान्तिक अस्त्र र पथप्रदर्शन सिध्दान्त समेत हो ।

पुँजीवादी दर्शन

वास्तविक रुपमा पुँजीवादी युगको दर्शन आदर्शवाद र भौतिकवाद , अधिभूतवाद र द्वन्द्ववाद , अधिभूतवावादी भौतिकवाद र आदर्शवादी द्वन्द्ववादकाबीचको संघर्षकोबीचबाट विकसित हुदै आएको छ ।

पुँजीवादी युगको मुख्य दार्शनिक प्रवृत्ति यान्त्रिक भौतिकवाद हो । खासगरी सत्रौ र अठारौं शताब्दीमा प्रकृतिविज्ञानमा भएको प्रगतिले भौतिकवादको विकासमा मद्दत पुर्याएको थियो

सत्रौ शताब्दीमा इङ्गल्याण्डमा दार्शनिकहरु बेकन ती तीनै जना दार्शनिकहरुले भौतिक पदार्थलाई प्राथमिक र त्यसैबाट चेतनाको उत्पत्ति भएको कुरा मान्दथिए । ( १५६१ – १६२६) , हाब्स (१५८८ – १६७९) र लाक (१६३२ – १७०४) द्वारा भौतिकवादको राम्रो विकास भएको थियो
पुँजीवादी दर्शनको विकास प्रक्रिया अन्तर्गत उन्नाइसौं शताब्दीको जर्मन शास्त्रीय दर्शन अन्तर्गत मूख्यतः काण्ट ( सन १७२४ – १८०५ ) , फिक्टे ( १७६२ – १८१४) , शेलिङ्ग (१७७५ – १८५४), हेगेल (१७७० – १८३१) र फायरवाख (१८०४ – १८७२ ) समेतका दार्शनिकहरु आएका थिए ।

माक्र्सवादी दर्शन

कार्ल माक्र्स (१८१८ – २८८३ ) र फ्रेडरिक एंगेल्स (१८२० – १८९५ ) माक्र्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । खासगरी तत्कालीन पुँजीवादी समाजमा पुँजीपतिवर्ग र सर्वहारावर्ग बीचको वर्गसंघर्षको अवस्था , प्रकृति विज्ञानका क्षेत्रमा भएका नयाँ नयाँ खोजहरु र जर्मन शास्त्रीय दर्शन , इङ्गल्याण्डको राजनीतिक अर्थशास्त्र र फ्रान्सको समाजवाद माक्र्सवादका जन्मका भौतिक तथा सैध्दान्तिक बन्न पुगेका थिए ।
जुन पुँजीवादी दर्शनमा काण्टदेखि लिएर हेगेल एवं फायरवाखसम्म आइपुग्दा दर्शनमा जुन समस्याहरु पैदा भएका थिए , माक्र्स र एंगेल्सले तिनको दार्शनिक तथा वैज्ञानिक ढंगले समाधान गर्नुभएको थियो । माक्र्सवादी दर्शनको नाम द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद यी तीन तत्व मिलेर माक्र्सवाद बनेको छ । माक्र्सवाद सर्वहारावर्गको समग्र विचारधारा हो । वर्गसंघर्ष , इतिहासमा बलप्रयोगको भूमिका , सर्वहारावर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद र साम्यवाद – यी तत्वहरु माक्र्सवादका ज्ञान – सिध्दान्तका मूल विषय हुन् ।

माक्र्सवादी दर्शनका निम्न मूलभूत विशेषताहरु रहेका छन् , जो यसप्रकार रहेका छन् ः

जस्तो कि दर्शनलाई विज्ञानको एउटा विशिष्ट विज्ञानको अर्थमा विश्वदृष्टिकोणका रुपमा परिभाषित गर्नु , दर्शनशास्त्रको वैज्ञानिक अध्ययनका लागि मौलिक प्रश्नको समस्या सही ढंगले हल गर्नु , द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु , वैज्ञानिक समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखि भौतिकवादको सिध्दान्त र द्वन्द्ववादको पध्दति अवलम्बन गरि नयाँ दार्शनिक प्रणालीको निर्माण गर्नु माक्र्सवादी दर्शनका मूलभूत विशेषता हुन् । यसलाई माक्र्स र एंगेल्सले दार्शनिक तथा वैज्ञानिक ढंगले निरुपण गर्नुभएको थियो ।

माक्र्सवादको प्रतिपादन भए यता दर्शनमा निकै विकास हुँदै आएको छ । माक्र्सवादले आज माक्र्सवादक विकासको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवाद र माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो चरणमा माओवादको विकास भएको छ ।
आजको अबधि भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग अबधि हो । यस अबधिमा दर्शनका विकासका मूलतः तीन धारा रहेका छन् , ती हुन् – साम्राज्यवादी युगको पुँजीवादी दर्शन , संशोधनवादी दर्शन र माक्र्सवादी दर्शन र माक्र्सवादी – लेनिनवादी – लेनिनवादी दर्शन । र , यहाँ साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शनबारे अब संक्षिप्त रुपमा तल चर्चा गर्ने प्रयत्न गरिएको छ ः

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शन ः

दार्शनिक फाँटमा साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शनको विशेषता भनेको संशोधनवादी दर्शनका विविध शाखाहरु सहितको विकास हो । साथै उत्तर आधुनिकतावाद र उत्तर माक्र्सवादको घोषणा गरिएको घोर माक्र्सवादी , विसर्जनवादी धाराको उल्लेख गरिएको अबधि पनि हो यो युग ।

पुँजीवादी दर्शनको विकास

जुन गतिमा माक्र्सवादको विकास हुदै आयो , त्यसै गरि पुँजीवादी दर्शनको पनि विविध धारामा विकास हुदै गएको छ । पुँजीवाद साम्राज्यवाद पतन हुन पुग्पो । पुँजीवादको साम्राज्यवादमा विकास भएसंगै पुँजीवादी दार्शनिक फाँटमा विविध प्रकारका धाराहरु विभिन्न रंगरोगन बोकेर आएको यश धाराले कुनै न कुनै रुपमा साम्राज्यवादको सेवा गर्दै आएका छन् । ती दार्शनिक धाराहरु यश प्रकार रहेका छन् ः

(क) संकल्पवादः

पुँजीवादी दार्शनिक फाँटमा संकल्पवादी दर्शनमा संकल्प अर्थात् कामनालाई प्रधानता दिइन्छ । यो दर्शनलाई जीवन दर्शन पनि भन्ने गरिन्छ । यसको चरम विकास गर्ने दार्शनिक फ्रेडरिक नित्से (१८४४ – १९००) हुन् ।
साम्राज्यवादको उदयको पृष्ठभूमि र प्रक्रियासंगै नित्सेको संकल्पवाद विकसित हुन पुगेको छ । तत्वदर्शनको क्षेत्रमा नित्सेले संकल्पलाई प्राथमिक स्थानमा राखेका छन् । उनको विचारमा सत्ताको कामना नै सबैभन्दा प्रधान चीज हो ।
ज्ञान दर्शनको क्षेत्रमा उनी अतर्कबुध्दिवादी रहेका छन् । नित्सेको आचार दर्शन जीजविज्ञानमा आधारित रहेको छ । नित्सेको शून्यवाद आचार दर्शनको क्षेत्रमा मात्र सिमित रहेको छैन । उनको यो शून्यवाद राजनीति , र इतिहासको दर्शनको क्षेत्रमा समेत अभिव्यक्त भएको छ । उनी पुँजीवादी उदारतावाद र माक्र्सवाद दुबैका घोर विरोधी थिए ।
दार्शनिक रुपमा नित्सेको संकल्पवाद साम्राज्यवादी दर्शनको अनुदारवादी धारा हो । यसले एकातिर फासीवादलाई सघाएको छ भने अर्कोतिर उत्तर आधुनिकतावादका लागि एउटा बलियो सैध्दान्तिक आधार प्रदान गरेको छ

(ख) प्रत्यक्षवाद

प्रत्येक्षवाद ऊन्नाइसौ शताब्दीको अन्त्यमा जन्मिएको दर्शन हो । यसले साम्राज्यवादी युगको उदारवादी धारालाई प्रश्रय दिने काम गरेको छ । यश दर्शनका संस्थापक फ्रान्सकम दार्शनिक कोम्टे ( १७९८ – १८९५ ) हुन् ।
ल दर्शन र वैज्ञानिक समाजवादको क्षेत्रमा प्रत्येक्षवादले गंभीर प्रकारको वैचारिक प्रदूषण फैलाउने काम गरेको छ । दार्शनिकहरुमा कोम्टे , जे. एस. मिल , एच . स्पेन्सर , अ. माख र एवनारियस यश दर्शनशीत जोडिएका छन् ।
प्रत्येक्षवादले दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थ रहेको दावी गर्दछ । ज्ञान – सिध्दान्तकन्ह क्षेत्रमा प्रत्यक्षवाद अज्ञेयवादी रहेको छ ।
प्रत्येक्षवाद समाजशास्त्रसंग जोडिएको छ ।समाजशास्त्रमा प्रत्येक्षवाद वर्गसंघर्ष र ऐतिहासिक भौतिक रवादको पुरा विरोधी रहेको छ । प्रत्येक्षवादले समाजशास्त्रलाई प्रदूषित तुल्याउँदै आएको छ ।
नवप्रत्यक्षवादले दर्शनलाई भाषाशास्त्रमा गिराउने काम गर्दछ । यसले दर्शनशास्त्रको मौलिक प्रश्नका साथै तत्वमीमांसालाई खारेज गर्ने काम गर्दछ । यो दर्शन पनि अज्ञेयवादमा आधारित रहेको छ ।
प्रत्येक्षवादीहरु र संशोधनवादीहरुका बीच घनिष्ट साँठगाँठ चल्दै आएको छ । यी दुबै मिलेर सामान्यतः माक्र्सवाद र विशेषतः द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विरोध गर्दछन् । भौतिकवाद र आदर्शवादभन्दा माथि उठेको देखाउन चाहने यश प्रकारको दार्शनिक प्रवृत्तिलाई लेनिनले “ व्यक्तिनिष्ट आदर्शवाद “ को संज्ञा दिनु भएको छ ।

(ग) व्यवहारवाद

व्यवहारवाद उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको प्रारम्भमा अमेरिकामा जन्मिएको तथा विकसित भएको दार्शनिक धारा हो ।यश दर्शनका मुख्य प्रणेता विलियम जेम्स ( सन १८४२ – १९१०) र जान डिवे हुन् । विलियम जेम्सले व्यवहारवादलाई निकै विकसित तुल्याएका छन् । व्यवहारवादले दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थतावादको पक्षपोषण गर्दछ । सारतः यो आत्मनिष्ठ आदर्शवादी दार्शनिक धारा हो । यसले व्यवहार व अनुभवलाई नै प्राथमिक स्थानमा राख्दछ । व्यवहारवाद आदर्शवादी अनुभववाद कै विकसित रुप हो ।
प्रत्येक्षवाद जस्तै व्यवहारवाद पनि अज्ञेयवादी नै रहेको छ । व्यवहारवादलाई अतर्कबुध्दिवादसंग पनि जोड्ने गरिन्छ । व्यवहारवादले व्यवहारलाई सबैथोक मान्दै सिध्दान्तको विरोध गर्दछ । दर्शन मात्र होइन साहित्य , कला र सौर्न्दर्य चिन्तनको फाँटमा पनि व्यवहारवादले धेरै प्रभाव पारेको छ ।
माखपन्थ र व्यवहारवाद पनि प्रत्यक्षवाद वा आदर्शवादी अनुभववाद वा व्यक्तिनिष्ठ आदर्शवादका भिन्न रुप नै हुन् ।

(घ) नवयथार्थवाद

नवयथार्थवाद सहज यथार्थवादको विकसित रुप हो । सहज यथार्थवाद भौतिकवादको नजिक रहेको छ । तर नवयथार्थवाद भने आदर्शवादमा आधारित बन्न गएको छ । नवयथार्थवादी धाराको विकास गर्नेमा जंग्रेज दार्शनिक जे. एडवर्ड मूर ( सन १८७३ – १९५८) र बर्टेन्ड रसेल लगायतका दार्शनिकहरु रहेका छन् ।
(ङ) अस्तित्ववाद
अस्तित्ववादी धारा बीसौं शताब्दीको एक महत्वपूर्ण दर्शन हो । यो दर्शनलाई ईश्वरवादी र निरीश्वरवादी दुई धारामा विभाजन गर् सकिन्छ । ईश्वरवादी धारामा फ्रान्सका मार्सेल ( १८८९ – १९७३) , जर्मनीका यास्पर्स (१८८३ – १९६९ ) र रुसका वेर्द्यायेव (२८७४ – १९८४) पर्दछन् भने निरीश्वरवादी धारामा जर्मनीका हाडेगर (१८८९ – १९५६ ) र फ्रान्सका सार्त्र ( १९०५ – १९८० ) रहेका छन् ।
अस्तित्ववादले अस्तित्वलाई पहिलो र सारतत्वलाई दोस्रो स्थानमा राख्दछ । यो दर्शन आत्मनिष्ठ आदर्शवादी दर्शन हो ।
अस्तित्ववादले व्यक्तिगत स्वतन्त्रतामा जोड दिन्छ र यसलाई चयनको स्वतन्त्रता पनि भनिन्छ । अस्तित्ववादलाई निरासावादलाई निरासावाद र पलायनवादको दर्शन पनि भनिन्छ । अस्तित्ववाद दर्शनमा मात्र होइन , यो साहित्य , कला र सौर्न्दर्य चिन्तनको क्षेत्रमा पनि व्याप्त रहेको छ ।

(च) नवथामसवाद

नवथामसवाद तेह्रौं शताब्दीका दार्शनिक थामस अक्विनासको सिध्दान्तको विकसित रुप हो । यश दर्शनका प्रमुख प्रवर्तक फ्रान्सका दार्शनिक ज्याक मारिटेन ( १८८८ – १९६३) हुन् । यो क्याथोलिक चर्चको दार्शनिक सिध्दान्त र पुरोहितवादी विश्वदृष्टिकोणमा आधारित रहेको छ । यो दर्शन आस्थावादी रहेको छ ।यसको सामाजिक आदर्श भनेको चर्च हो । यसले इतिहासको निर्माणमा अलौकिक शक्तिको भूमिकालाई मान्दछ । यसले विज्ञान र धर्ममा सामञ्जस्य कायम गर्ने प्रयास गरेको देखिन्छ ।

बुढानिलकण्ठ नगरपालिका – २ , काठमाडौं
(लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )



You might also like
Loading...