देवचुलीका १४ सय घर फोहोेपानी पिउन बाध्य


देवचुली, कृशला सापकोटा ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेका १४ सय घरका उपभोक्ताले फोहोर पानी पिउन बाध्य भएका छन् ।



देवचुली नगरपालिका वडा नं ७, ८, ९ का बासीन्दाले फोहोर पानी पिउन बाध्य हुन् ।
दुईतिन दिनको निरन्तर बर्षाका कारण देउसोत खोला बढे सँगै धमिलो पानी खानुपरेको स्थानीयको गुनासो रहेको छ ।
देवचुली खानेपानी आयोजनाका १४ सय उपभोक्तालाई मुलपानीबाट दिईएको पानी अभाब भएपछि सोझै खोलाको पानी मिसाईएको थियो ।

देवचुली खानेपानीका अध्यक्ष भुमीसरा आलेले खोलामा बाढी आएपछि धारामा पनि धमिलो पानी आएको बताईन् । खोलाको पानी सफा नभएसम्म यहाँका १४ सय बासीन्दाले फोहोर पानी पिउन बाध्य हुनेछन् ।




वडाले बाड्यो पानी

देवचुली नगरपालिका वडा नं ९ ले आज बिहान २ ट्याङ्कर पानी स्थानीयलाई बितरण गरेको छ ।

देवचुली खानेपानीमा खोलाको भलपानी पसेर धारामा फोहोर पानी आएपछि मिलनटोलका बासिन्दालाई पिउने र खाना पकाउने पानीको अभाव भएकोले प्रगतिनगर खानेपानीसँग सहकार्य गरेर घरघरमा पानी वितरण गरेको वडा अध्यक्ष मेख बहादुर थापा सारु मगर बताए ।

देवचुली नगरपालिका वडा नं ९ मा पर्ने मिलन टोलका २२० घर धुरी उपभोक्तालाई वडा अध्यक्ष मेख बहादुर थापा सारु मगरको पहलमा शुद्द पानी बितरण गरेको हो ।



सम्बन्धित
Loading...