डाइभर्सन बगाउँदा सुनवलमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


 



गोपी ज्ञवाली ।
नवलपरासी, जेठ १५ गते । पुर्वपश्चिम राजमार्गको नवलपरासी सुनवल खण्डको सडकमा बनाईएको डावर्सन पानीले बगाउदा सुनवल भुमही सडक खण्डमा अहिले यातायात अवरुद्ध भएको छ ।
३ दिन देखि परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासी सुनवलको हर्दियामा बनाईएको डाईभर्सन पानीले बगाउँदा सुनवल भुमही सडक खण्डमा यातायात अवरुद्ध भए पछि पुर्वपश्चिम राजमार्गमा गुडने गाडीहरुलाई सुनवल देखि परासी हुदै भुमही जाने गरि सडकलाई डाईभर्सन गरिएको छ ।
बुटवल नारायणगढ सडक विस्तारका क्रममा बुटवल देखि बर्दघाट सम्मको सडकमा दर्जनौ स्थानमा पुल र कल्भर्टहरु निर्माणको क्रम चलेको हुनाले यो सडक खण्डमा दर्जनौ स्थानमा सडक डाइभर्ट गरिएको अवस्थामा पछिल्लो ३ दिनदेखि परेको अविरल वर्षाका कारण डाईभर्सनहरु पानीले गर्दा जोखीमपुर्ण बनेको अवस्थामा सुनवलको हर्दियामा बनाईएको डाईभर्सन पानीले बगाउँदा सुनवल भुमही बिचका सडकमा साना गाडीहरु बाहेक अन्य ठुला गाडीहरु चल्न नसक्ने अवस्था भए पछि पुर्वपश्चिम राजमार्गमा हिड्ने गाडीहरुलाई सुनवल देखी परासी तर्फ घुमाएर संचालन गरिएको पश्चिम नवलपरासीको टाफिक प्रहरी कार्यालयका प्रमुख बासुदेव नेपालले बताउए ।

पुर्वपश्चिम राजमार्गको बुटवल देखी बर्दघाट सम्मको ४५ किलो मिटरको दुरीको सडक खण्डमा दुई दर्जन भन्दा बढि स्थानमा साना कल्भर्ट एवं पुलहरु अहिले निर्माणाधिन अवश्थामा रहेका छन ।



सम्बन्धित
Loading...