पाल्पा बुटवल सडक खण्ड अवरूद्ध
जेठ १५ । सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।
निरन्तर चार दिन देखि परेको अविरल वर्षाले पाल्प बुटवल सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका ३ सिसुवामा ढुङगा सहितको ठुलो पहिरो गएको छ भने गौंडे,बर्तुङ,दोभान,झुम्सा लगायतको क्षेत्रका सानसाना पहिरो गएका छन ।
यस्तै पाल्पा बुटवल सडक खण्डको सिसुवा क्षेत्रमा खसेको पहिरो हटाउने काम सुरु भएको छ । निरन्तरको वर्षा र ढुङगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख अर्जुन सुवेदीले जानकारी दिए।
सडक डिभिजन कार्यालय पाल्पाले थप स्काभेटर मगाएर पहिरो पन्छाउने काम सुरु भएको र केहि घण्टामा सडकको पहिरो हटाइने सडक डिभिजनका निमित्त प्रमुख सुवेदीले बताए ।
यस्तै गरि कालिगण्डकी करिडोरको भोओरमा पहिरो खस्दा तानसेन पिपलडाँडा रामपुर जोड्ने कालिगण्डकी करिडोर समेत अवरुद्ध भएको छ ।
निरन्तरको वर्षाले विभिन्न स्थानिय तहलाई जोड्ने ग्रामीण सडक अधिकांश अवरुद्ध भएका छन । हालसालै विस्तार भएका यी सडकमा संयौंको संख्यामा साना ठुला पहिरो झरेको छ ।