पहिरोले कालीगण्डकी कोरिडोरको बुलिङटार–डेढगाउँ सडक अवरुद्ध


 



नवलपुर । ३ दिनदेखि परेको अविरल बर्षाले पहिरो जाँदा पूर्वी नवलपरासीमा पर्ने कालीगण्डकी कोरिडोर अन्तरगतको बुलिङटार डेढगाउँ सडक खण्ड अवरुद्ध भएको छ ।

प्रहरी चौकी बुलिङटारका अनुसार बुलिङटार–डेढगाउँ भित्री सडक खण्डको बुलिङटार गाउँपालिका ६ मा सडक अवरुद्ध भएको हो ।




शुक्रबारराति देखि सडक अवरुद्ध भएको र सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...