पहिरोले रजहर खानेपानीको पाईप बगायो
कृशला सापकोटा, देवचुली
पुर्वी नवलपरासीको रजहरमा रहेको रजहर खानेपानीको पाईप पहिरोले बगाएको छ ।निरन्तर वर्षाका कारण पहिरोले खानेपानीको मुहानको मुख्य पाईपमा क्षति भएको हो ।
पहिरोले देवचुली १७ तुरतुरेमा ३ सय मिटर पाईप बगाएर झराही खोलामा पुप्याएको रजहर खानेपानीका अध्यक्ष गंगाबहादुर थापाले बताए ।
पाईपलाई मर्मत गन अर्झै साता दिन लाग्ने र सोमबारबाट मर्मत थालनि गर्ने अध्यक्ष थापाले बताए ।
साविक रजहर गाविस अथार्त हालको देवचुली नगरपालिका १६ र १७ का २६ सय घरधुरी उपभोक्ताले रजहर खानेपानीबाट शुद्ध पानी पिउदै आएका थिए ।
पाईप बगाए पछि दुई वटा बोरिङ २४ औं घण्टा चलाएरे १० घण्टामात्र पानी वितरण गरेको अध्यक्ष थापाले बताए ।