बर्दघाटका दुई जना लागुऔषध सहित नवलपुरमा पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा आइतबार दुई जनालाई नवलपुर प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।
आइतबार पूर्वपश्चिम राजमार्गको मध्यविन्दु १५ गोडार खोलामा प्रहरीले चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको युपी ५६ डब्लु २७०४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुई जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बर्दघाट निवासी २८ बर्षीय मानबहादुर परियार र २८ बर्षीय कृष्ण सारुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ओनेरेक्स १ सय एमएलको १ सय ३५ सिसी, डाइजापाम ५२ एम्पुल, फेनारागन ५६ एम्पुल र नुफिन ५२ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
