नवलपुरमा २४ घण्टामा २४ जना नयाँ संक्रमित, ३ को निधन
नवलपुर । पूर्वी नवलपरासीमा आइतबार जम्मा २४ जना नयाँ संक्रमित भेटिएका छन् ।
२४ जनाको पिसिआर परीक्षण गरिएकोमा २४ जना नै पोजेटिभ पाइएको हो ।
आइतबार गैडाकोटमा १२, कावासोतीमा ३, मध्यविन्दुमा १, विनयी त्रिवेणीमा ६, हुप्सेकोटमा १ र बौदीकालीमा १ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
त्यसैगरी नवलपुरमा पछिल्लो २४ घण्टामा ३ जनाको निधन भएको छ ।
यता पछिल्लो २४ घण्टामा नवलपुरमा १ सय २३ जना निको भएका छन् ।
नवलपुरमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै घटेको छ भने निको हुने दर पनि बढेको छ ।
