कावासोतीमा नगद सहित तास खेलिरहेका ५ जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीको कावासोती १ हात्तीखोरामा जुवा खेलिरहेका ५ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो २५ हजार ९ सय ७० रुपैयाँ नगद र ३ बुक तास सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कावासोती १ का चक्त मोक्तान, झवी अधिकारी, बलबहादुर गाहा, लक्ष्मण श्रेष्ठ र राजु घिमिरे रहेका छन् ।
नवलपुरमा ठूला ठूला जुवाको खेलहरु हुने गरे पनि प्रहरीले ठूलालाई आश्रय दिएर सानालाई मात्र पक्राउ गरेको भन्दै गुनासो बढ्न थालेको छ ।