फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक


नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक फेरि सरेको छ। एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पाँच बजेका लागि बैठक बोलाएका थिए।



प्रधानमन्त्री ओलीको व्यस्ततालगायत कारण देखाउँदै उक्त बैठक सोमबार बिहान १० बजेका लागि सारिएको थियो। तर सोमबार पनि बैठक नबस्ने भएको छ। आज सरेको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।

पछिल्लो समय एमालेमा ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई साधारण सदस्यबाट निष्काशन गरेको छ।




प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्न अरू १२ जनालाई पनि स्पष्टीकरण सोधिएको छ। उनीहरूले उक्त स्पष्टीकरणको जवाफ दिएका छैनन्।

ती सांसदहरूमाथि कारबाही गर्न स्थायी कमिटी बैठक बस्न लागेको बताइएको थियो।



सम्बन्धित
Loading...