नवलपुरमा थप ३ जनाको निधन


नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल कावासोती २ बस्दै आएका ३८ वर्षका पुरुषको गएराति चितवनमा मृत्यु भएको हो ।
भरतपुरको चितवन मेडिकल कलेजमा उपचारत उनको गएराति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनि बैशाख २२ गतेदेखि अस्पतालमा भर्ना भएका थिए ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ८० बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा सोमबार दिउँसो निधन भएको हो ।
जेठ १० गते उनमा कोरोना पोजेटिभ देखिए पछि चितवन मेडिकल कलेजमा उपचार भईरहेको थियो ।
यता कोरोनाका कारण गैँडाकोट नगरपालिका वडा नं. १२ कि ६८ वर्षीया महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा जेष्ठ १० गतेदेखि उपचाररत उनको हिजो मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो सहित नवलपुरमा दोस्रो लहर शुरु भए यता ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ भने अहिलेसम्म नवलपुरका ८० जना संक्रमितले ज्यान गुमाइ सकेका छन् ।
नवलपुरमा अझै १ हजार बढी सक्रिय संक्रमित रहेको छ ।



सम्बन्धित
Loading...