मनपरी सहयोग संकलन गर्न नवलपुर प्रशासनको रोक


नवलपुर । विपदको नाममा सहयोग संकलन गर्ने बाहानामा जथाभावी सहयोग संकलन गर्न जिल्ला प्रशासन कार्यालय नवलपुरले रोक लगाएको छ ।



प्रशासनले सूचना नै जारी गरेर निहित स्वार्थका लागि मनपरी सहयोग संकलन गर्ने, सम्बन्धित निकायको जानकारी विना सहयोगको नाममा चन्दा असुली गर्ने गरेको भन्दै प्रशासनले रोक लगाएको हो ।

नवलपुरमा अहिले कोभिड १९ नियन्त्रणका लागि विपद् व्यवस्थापन समिति भन्दै दर्जन बढी समूहले सहयोग संकलन गर्ने र हस्तान्तरण गर्ने गरेको छ ।






सम्बन्धित
Loading...