गणतन्त्रको रक्षाका लागि सवै एक जुट हुनु पर्ने




हुप्सेकोट गाउपालिकामा कृयाशिल राजनैतिक दलका प्रतिनिधीहरुले गणतन्त्रको रक्षाका लागि सैब एकजुट हुनु पर्नेमा जोड दिएका छन् ।

१४ औ गणतन्त्र दिवसको अवसरमा हुप्सेकोट गाउपालिकाले आयोजना गरेको राजनैतिक दलका विचमा अन्तक्रिया कार्यक्रममा वोल्दै स्थानिय नेताहरुले ठुलो त्याग र वलिदानि वाट प्राप्त उपलव्धीको रक्षाको लागि सवै नागरीक विच एकता हुनु पर्ने वताएका हुन् । कार्यक्रममा वोल्दै हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले केन्द्रको राजनिति धमिलो भए पनि गाउवस्तीमा गणतन्त्रको मर्मर लोकतन्त्रको अनुभुति कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।




गणतन्त्र प्राप्तीका लागि धेरैको रगत वसेको र अझै कयौ नागरीक अंगभंग रहेको अवस्थामा १४ वर्षे शिशु गणतन्त्रलाई सवैले सृद्ध वनाउनु पर्ने वताउनु भयो । त्यसैगरी कार्यक्रममा वोल्दै नेकपा एमाले का प्रतिनिधी पुर्ण प्रशास विश्वकर्माले गणतन्त्र प्राप्ती पछिका १४ वर्षमा देशमा धेरै उपलव्धी भएको वताउनु भयो । देशमा कायापलट एकै पटक नहुने भएकाले क्रमश विकाश र समृद्धि अगाडि वढने उहाले वताउनु भयो ।

त्यसैगरी नेपालि काग्रेसका प्रतिनिधी पुर्ण सिंह रानाले वर्तमान सरकारले गणतन्त्र र सविधानको मुल मर्मलाई वेवास्ता गर्दा जनतामा निरासा पैदा भएको वताउनु भयो । नेकपा माओवादी केन्द्रका चन्द्र बहादुर गाहाले गणतन्त्रको उपलव्धी रक्षाकाला लागि फेरी कलम र जनदवावको संघर्ष आवश्यक भएको वताउनु भयो । संयौ नागरीकको वलिदानीले आएको उपलव्धी सत्ता स्वार्थमा खेरजान लागेको हुदा अव सवैले राजनैतिक नेतृत्वलाई दवाव दिनु पर्नेमा उहाले जोड दिनु भयो ।

जनता समाजवादि पार्टिका पिताम्वर कोइरालाले वर्तमान सरकारले गणतन्त्रको उपहास गरेको टिप्पणी गर्नु भयो । जनभावना अनुसार काम गर्न छाडेर सत्ता टिकाउने खेलमा दलहरु लाग्दा जनतामा निरासा वढेको उहाको भनाई थियो ।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय जनमोर्चाका मान बहादुर लामाले गणतन्त्रलाई सवैले माया गरे मात्र हुर्कन पाउने वताउनु भयो । नेताहरुले आफु अनुकुल व्याखा गरि देश सञ्चालन गर्न थालेकाले अहिलेको व्यवस्था नै खतरामा परेको उहाले गुनासो गर्नु भयो ।

त्यसैगरी नेपालि काग्रेस जिल्ला सदस्य रेवति सारुले गणतन्त्रमा पनि अझै महिलाहरु स्वतन्त्रता पुर्वक वाच्न नपाएको गुनासो गर्नु भयो । महिला हिंसा वढ्नु र दोषिलाई कारवाहि नहुनु अहिलेको विडम्वना भएको उहाले वताउनु भयो । कार्यक्रममा हुप्सेकोट गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्याल, गाउपालिकाका जनप्रतिनिधी, कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...