चितवनका दुई जना लागुऔषध सहित कावासोतीमा पक्राउ
नवलपुर । नवलपुर प्रहरीले चितवनका दुई जनालाई कावासोतीबाट लागुऔषध सहित पक्राउ गरेको छ ।
सोमबार साँझ कावासोती फलफूल चोकमा ना ४३ प ७४७८ नम्बरको स्कुटीमा आउँदै गरेका दुई जनालाई चेकजाँच गर्दा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका १६ बस्ने २९ बर्षीय डम्बरजंग गुरुङ र ४४ बर्षीय बुद्धबहादुर गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट नवलपुर प्रहरीले नुफिन, डाइजापाम र फेनरागन ६९÷६९ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।